दफा १५६
सङ्गठित संस्था माथवर हुने

(१) यस भागको परिच्छेद–६ बमोजिम संरक्षक नभएको कुनै व्यक्ति कुनै सङ्गठित संस्थाको रेखदेख, संरक्षण वा जिम्मामा रहेको भए त्यस्तो सङ्गठित संस्था त्यस्ता व्यक्तिको माथवर हुनेछ ।
(२) उपदफा (१) बमोजिमको सङ्गठित संस्था माथवर भएकोमा त्यस्तो सङ्गठित संस्थाको प्रमुखले माथवरको अधिकार प्रयोग गर्नेछ ।